सर्वप्रथम सम्पादन मण्डल र सबैमा सु–स्वास्थ्य र कार्यकुशलताको कामनाका लागि प्रार्थना गर्दछु । म मेरो पारिवारिक समस्या तथा अन्य विविध समस्याका कारण नेपालको दुर्गम जिल्लामा कार्यरत छु, जसको कारण आजको वचनको दसौँ र एघारौँ अंक प्राप्त गर्न सकिन । त्यो भन्दा अघिको सबै अंक र बाह्रोैं अंक प्राप्त गरे र पढ्ने अवसर प्राप्त गरे । यो अंकको वचनले भर्खरै सारिएको तर पानी नपाई सुक्नै लागेको बिरुवामा पानी हाले जस्तै भयो । विभिन्न समस्याको कारण चिन्ता र बोझले दबिएर निसासिरहेको थिँए । यही बाह्राँै अंक भित्र रहको “तनावको लागि ईश्वरीय उपचार”, भन्ने शीर्षक अन्र्तगतकका वचनले तनावको उपचार भयो साथै कठिनाईका समयहरूमा वचनद्वारा जिउनु भन्ने शीर्षकका वचनले पनि थप उपचार भयो र अहिले यस्ता चिन्ताहरूबाट स्वतन्त्र हुन सकेको छु । आज म यी वचनहरूद्वारा एकदमै आशिषित छु, आशा छ कि तपाईहरू पनि म जस्तै आत्मिक समस्यामा परेका पाठकहरूले पनि यी वचनहरूद्वारा उपचार पाउनुभएको छ । हाम्रो जिवित परमेश्वर र आशाको सन्देश परिवारलाई धन्यवाद दिन चाहन्छु ।
-
Our Studio
Perfect Sound Quality -
17th Edition
Daily Devotion Book -
The Reality
Television Program -
LIVE
online nepali Christian radio broadcasted -
आशाको सन्देश
आध्यात्मिक रेडियो कार्यक्रम