तपाईंं कुनै रेस्टुराँमा जानुभएको र तपाईंंले मगाउनुभएको खाना तयार भयो कि भनी सोध्नुभएको कल्पना गर्न सक्नुहुन्छ ? ‘तपाईंंले कहिले यो खाना मगाउनुभएको थियो ?’ भनी वेटरले सोध्नेछ ।अँ, मैले मगाएको त थिइनँ, तर सायद तपार्इंले मेरो निम्ति केही कुरा बनाइदिनुभएको छ कि भन्ने सोचेँको थिएँ भनी तयाईंले जवाफ दिनुहुन्छहोला । त्यो त तपाईंंले प्रार्थनााम निवेदन नगर्नुभएका वा विश्वासमा प्रार्थना नगर्नुभएका कुराको निम्ति परमेश्वरले तपाईंंलाई जवाफ दिनुहुने आशा गर्नु जत्तिकै हास्यास्पद कुरा हो । बाइबलले भन्दछ, ‘तिमीहरू इच्छा त गर्छौ तर तिमीहरू पाउँदैनौ...किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ (याकूब ४ः२) । के परमेश्वरले तपाईंंले मागेको हरेक थोक दिनुहुनेछ ? होइन ।तिमीहरू माग्छौ तर पाउँदैनौ, किनकि आफ्ना अभिलाषा पूरा गर्न गर्नलाई बेठिकसित माग्छौ (पद ३) । तपाईंंको निवेदन परमेश्वरको इच्छासँग मिल्नुपर्छ ।उहाँको इच्छाबमोजि जे मागे तापनि...उहाँले सुन्नुहुन्छ (१ यूहन्ना ५ः१४) । यर्मियाले भने, ‘परमप्रभुको बाटो हेर्नेहरूप्रति...उहाँ कृपालु हुनुहुन्छ (विलाप ३ः२५) । आशा राख्ने प्रार्थनाले परमेश्वरको भलाइमाथि भरोसा देखाउँछ । यसकारण व्याकुल हुनु वा यसको बारेमा सबैसँग कुरा गर्नुको सट्टा, वा परिस्थितिलाई आफ्नै हातमा लिनुको सट्टा, यसो भन्नुहोस्, ‘हे प्रभु, यसको परिणाम जेसुकै भए तापनि म यो कुरा तपाईंंमा भरपर्छु,’ अनि उहाँले तपाईंंको विश्वासको कदर गर्नुहुनेछ । पावल लेख्छन्, ‘हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन् । के तपाईंंलाई जागिरको खाँचो छ ? समस्यामाथि विजय पाउन सहायता चाहिएको छ ? प्रियजनको उद्धार चाहना गर्नुहुन्छ ? अझ गहिरो आत्मिक यात्राको चाहना गर्नुहुन्छ ? शारीरिक वा भावनात्मक रूपमा निको हुनु खाँचो छ ? मार्गदर्शनको खाँचो छ ? येशूले भन्नुभयो, ‘तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुहुन्छ (लूका १२ः३२) ।  परमेश्वर तपाईंंप्रति भला हुन चाहनुहुन्छ, यसकारण उहाँलाईतपाईंंको मनोरथ (भजन ३७ः४) । त्यसपछि उहाँलाई धन्यवाद दिनुहोस् र त्यसको उत्तर आउनेछ भनी विश्वास गर्नुहोस् उहाँको समयमा !